News Portal

थप १,५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

रातोपोस्ट संवाददाता
५१० पटक

काठमाडाैँ, २९ भदाै । पछिल्लो २४ घन्टामा थप एक हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार एक सय ८० र एन्टिजेन परीक्षणमा तीन सय ८२ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा १० हजार दुई सय ६६ जनाको पिसिआर परीक्षण र चार हजार एक सय ७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर २६ हजार दुई सय दुईजना सक्रिय संक्रमित रहेका छन् । मंगलबार एक हजार पाँच सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार नौ सय ८४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्