News Portal

ब्राउन सुगरसहित झापाबाट दुई जना पक्राउ

रातोपोस्ट संवाददाता
२९६ पटक

झापा, २९ भदाै । झापाकाे बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी २ बुद्ध चोक बस्ने ३४ वर्षिय भिमराज राई र सोही नगरपालिका १ बस्ने ३२ वर्षिय अनुप सुब्बा लिम्बु रहेका छन् ।

सोमबार राति ९ः३० बजे बिर्तामोड ३ बिर्ताबजारमा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले को २७ प ८६७४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट २३ ग्राम ब्राउन सुगर र दुईवटा मोवाईल बरामद गरेको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

प्रतिकृया दिनुहोस्