News Portal

थप चार जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद टुंगियो

रातोपोस्ट संवाददाता
६५३ पटक

काठमाडौँ, २ असाेज । थप ४ जिल्लामा नेपाली कांग्रेसका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । कैलाली, सुर्खेत, डोल्पा र बाँकेको क्रियाशील सदस्यता विवाद समाधान गरिएको हो । अब ८ वटा जिल्लामा विवाद बाँकी रहेको छ ।

यही असोज ५ गतेसम्म बाँकी रहेका २० जिल्लाको वडाको अधिवेशन एकै दिन गर्ने भनिएपछि शनिबारसम्म ८ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान हुन सकेको छैन । शुक्रबार बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले शनिबारसम्म सबै जिल्लाको विवाद समाधान गरेर निर्वाचन समितिलाई नामावली बुझाउने सहमति गरेको थियो ।

तर, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिले अझै ८ जिल्लाको विवाद समाधान गर्न नसकेको हो । विवाद समाधान नभएका जिल्लाहरुमा असोज ५ गते वडा अधिवेशन हुने सम्भावना कम हुँदै गएको छ । अन्य ५७ जिल्लामा भने वडा अधिवेशन भइसकेको छ ।

प्रतिकृया दिनुहोस्