News Portal

प्याब्सन शिवसताक्षी नगर अध्यक्षमा सुहाङ्ग

रातोपोस्ट संवाददाता
३४२ पटक

झापा, ४ असाेज । निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा रामकुमार सुहाङ्ग सर्वसम्मत चयन भएका छन् । प्याब्सनको शिवसताक्षी नगरको दोस्रो अधिवेशनबाट क्याम्ब्रिज ईलिस बोर्डिङ स्कुल दुधेका प्रिन्सीपल रामकुमार सुहाङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनले झिलझिलेको सेभेनसिज ईलिस वोडिूङ स्कुलका कार्यकारी निर्देशक उदय प्रकाश राई उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै सचिवमा कञ्चनजंघा बोर्डिङका प्रिन्सीपल टंकप्रसाद बास्तोला र कोषाध्यक्षमा दिक्षान्त वोर्डिङका प्रिन्सिपल रेवत प्रधान सर्वसम्मत चयन भएका छन् ।

शिवसताक्षी नगर प्याव्सनको सदस्य पदमा मेचि ईलिंस बोर्डिङ स्कुलका प्रिन्सीपल भिम भट्टराई, निम्बस वोडिङ स्कुलका प्रिन्सीपल बुढाथोकी, न्यु ज्योफ्रिका प्रिन्सीपल चन्द्रप्रसाद गौतम सदस्यमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत पशुपति ईलिस वोर्डिङ स्कुलका फ्रिन्सीपल चन्द्रप्रकाश खनालले बताए । नव गठित समितिका सबै पदाधिकारी र सदस्यलाई निर्वाचन अधिकृत खनालले पद तथा गोपनियताको सफथ गराएका थिए ।

कार्यक्रममा नगरप्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, नगर शिक्षा अधिकारी उपसचिव सुरेन्द्र दाहाल, वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठ लगायतले अधिवशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्