News Portal

गोर्खा फाउण्डेसनद्वारा नयाँ सदस्यता वितरण तथा शुभकामना आदानप्रदान

रातोपोस्ट संवाददाता
५१७ पटक

झापा, ४ असाेज । गोर्खा मेमोरियल फाउण्डेसन नेपालले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार मेचीनगर-६, काँकरभिट्टास्थित फाउण्डेसनको कार्यालयमा आयोजित एक कार्यक्रममा बीच शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएकोे हो । शुभकामना आदानप्रदान कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेती, फाउण्डेसनका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी, स्थानीय प्रशासन प्रमुख, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा फाउण्डेसनका अध्यक्ष नगेन्द्र गुरुङको आसन्न बेलालतको फोक्सटोन सिटि भ्रमणबारे समेत जानकारी गराइएको थियो ।फाउण्डेसनले झापासहित देशमा विभिन्न क्षेत्रमा अत्यावश्यक सेवा विशेष गरी स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा सहयोग पुर्याउँदै आइरहेको छ । फाउण्डेसनले केही बर्षअघि मेचीनगर नगरपालिकालाई एम्बुलेन्स, अग्नि नियन्त्रणका अत्याधुनिक सामग्री तथा काँकरभिट्टा माविका विद्यार्थीहरुका लागि कम्प्युटर कक्ष निर्माण गर्नुका साथै ३१ थान कम्प्युटरसमेत प्रदान गरेको थियो । पछिल्लो समयमा मेचीनगरको धाइजन आइसोलेसन सेन्टरलाई ३० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।

सो अवसरमा संस्थाका महासचिव जगत गुरुङले फाउण्डेसनको स्थापनादेखि हालसम्म भएका गतिवधिहरुका बारे जानकारी गराएका थिए । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुुख अतिथि नगर उपप्रमुुख उप्रेतीले विगतमा स्थानीय सरकारको तर्फबाट फाउण्डेसनसँग पर्याप्त समन्वय, सहकार्य गर्न नसकिएको स्वीकार गर्दै आगामी दिनका लागि यसतर्फ आँफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरिन् ।

सो अवसरमा फाउण्डेसनमा थप १० जना विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई नयाँ सदस्यतासमेत प्रदान गरिएको थियो । नयाँ सदस्यहरुलाई अध्यक्ष गुरुङ, बरिष्ठ सल्लाहकार श्याम गुरुङ, नगर उपप्रमुख उप्रेती, प्रहरी नायब उपरीक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, सञ्चारकर्मी ज्ञानेन्द्र निरौलालगायतले प्रमाण पत्र तथा परिचय पत्र प्रदान गरेका थिए । फाउण्डेसनका उपाध्यक्ष गंगालाल गुरुङले स्वागत गरेकोे कार्यक्रममा अध्यक्षता क्लवका अध्यक्ष नगेन्द्र गुरुङ तथा सञ्चालन सचिव प्रकाश गुरुङले गरेका थिए । बेलायतका पूर्व काउन्सेलर तथा गोर्खा मेमोरियल फन्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङ तथा नेपालमा रहेको फाउन्डेसनको पहल तथा सहकार्यमा झापासहित देशमा विभिन्न क्षेत्रमा मानवीय सहयोग एवम् सामाजिक गतिविधिहरु सञ्चालन हुँदै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्