News Portal

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)द्वारा नगरपालिकालाई ज्ञापनपत्र

रातोपोस्ट संवाददाता
९२९ पटक

झापा, ४ असाेज । झापाको भद्रपुर नगरलाई महिला हिंसा मुक्त पालिका घोषणा र आमाको नामबाट नागरिकता प्राप्त गर्न सहज वातावरण बनाइदिनु पर्ने माग राख्दै भद्रपुर नगरपालिका कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) नगर समिति भद्रपुरले नगरपालिलाई महिला हिंसा मुक्त पालिका घोषणासहित ११ बुँदे मागसहित पत्र नगरपालिकालाई बुझाएको हो । महिला सङ्घकी अध्यक्ष शर्मिला खातीको नेतृत्वमा गएको टोलीले नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई सो मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

बुझाएको ज्ञापनपत्रमा स्वास्थ्य संस्था र विद्यालयको हाता वरिपरि निश्चित दुरीसम्म धूम्रमान मद्यपान, जुवा तास निषेधित क्षेत्र घोषणा गरि सबै गर्भवती महिलाहरूलाई अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाइयोस्, हिंसा पीडित महिलाहरूका लागि न्यायिक समितिमार्फत तत्काल न्याय दिने व्यवस्था मिलाइयोस् र छोरीका लागि जन्मेपछि बैङ्किङ खाताको व्यवस्था र मावि स्तरसम्म निःशुल्क शिक्षाको व्यवस्थासहित ११ बुँदे माग राखेका थिए ।

प्रतिकृया दिनुहोस्