News Portal

विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

रातोपोस्ट संवाददाता
४२७ पटक

काठमाडौं, ५ असोज । प्रहरीले विदेशी मुद्रासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रकोट गाउपालिका-४ का ३९ वर्षीय तुल्सिराम कँडेल रहेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिन नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट साउदी रियाल ५० हजार, दुबई दिराम ३८० र नेपाली रुपैयाँ १६ हजार ४ सय रुपैयाँ बरामद गरेको छ ।

यस्तै सोही गाउँपालिकाका ३८ वर्षीय केशवराज कँडेललाई अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष बाहिरपट्टिको एरियाबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्