News Portal

स्यानिटरी प्याडमा कर बढाएको भन्दै शनिबार पनि काठमाडौंमा बिरोध प्रदर्शन

रातोपोस्ट संवाददाता
३२९ पटक

काठमाडौँ, ९ असाेज । महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

स्यानिटरी प्याड निःशुल्क गर सरकार भन्दै आम युवा अभियानले बिरोध प्रदर्शन गरेको हो । जनतालाई निःशुल्क रुपमा बितरण गर्नुपर्ने वस्तुमा कर लगाइएको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनका क्रममा उनीहरुले निःशुल्क रुपमा स्यानिटरी प्याड बितरण समेत गरेका थिए ।

यता सरकारले भने स्यानिटरी प्याडमा कर बढाएको भ्रमपूर्ण हल्ला भएको बताइसकेको छ । वर्तमान सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रालयले आ.व. २०६९७० अघिदेखि लाग्दै आएको भन्सार महसुल नवढाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्