News Portal

एमाले विधान महाधिवेशन प्रतिनिधि ५ हजार पुग्ने : योगेश भट्टराई

रातोपोस्ट संवाददाता
४२६ पटक

काठमाडाैँ, १० असाेज । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशन प्रतिनिधि चयन गर्ने मापदण्डका आधारमा प्रतिनिधि चयन हुँदा ५ हजार पुग्ने अनुमान गरेको जानकारी दिए । आइतबार सकिएको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै भट्टराईले सो कुराको जानकारी गराएका हुन् ।त्यस्तै बैठकले विधान महाधिवेशनमा पास हुने तीन प्रतिवेदन पारित गरेको छ । राजनीतिक अध्यक्षले, महासचिवले संगठनसम्बन्धी प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित पास गरेको छ ।

एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या करिब ५ हजार हुने भएका छन्’, भट्टराईको भनाइ छ । यसअघि एमालेले देशभरबाट करिब ३ हजार प्रतिनिधि सहभागी हुने बताएको थियो । त्यस्तै एमालेले अगामी निर्वाचनमा पार्टीलाई सर्वोत्कृष्ट पार्टी बनाउने र आगामी निर्वाचनमा बहुमत ल्याउने तयारीका साथ अघि बढ्नुपर्छ भन्ने अध्यक्षको प्रतिवेदनको निष्कर्ष रहेको भन्दै पार्टीमा वैचारिक प्रशिक्षण नियमित गर्ने कार्यभार रहेको छ जनाएको छ । साथै गुटबन्दी निरुत्साहित गर्ने र पार्टीलाई लोकतान्त्रिक बनाउने पनि एमालेले बताउदै आएको छ ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिन पाउने मापदण्ड एमालेले यसअघि नै बनाइसकेको छ । केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चबाट प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागी हुनेछन् । केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम् १० जना सदस्य पनि महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस्