News Portal

मेचीनगर सभापतिमा सुदय पनेरु विजयी

रातोपोस्ट संवाददाता
६१० पटक

झापा, १० असाेज । नेपाली काँग्रेस मेचीनगर सभापतिमा सुवेश पनेरु (सुदय) विजयी भएका छन् । निर्वाचन समितिले दिएको अन्तिम मतपरिणाम अपडेट अनुसार पनेरुले २४८ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नवीन बरालले २३३ मत प्राप्त गरे ।

सभापतिमा निर्वाचित भएका पनेरु मेचीनगर वडा नम्बर १० का अध्यक्ष हुन् । स्थानीय तहको निर्वाचनमा समेत लोकप्रिय मत प्राप्त गरी विजयी बनेका हुन । सभापतिका आकांक्षीमध्ये पनेरुले मात्र सर्वसम्मत सभापतिमा आफू बाहेक अरुमा सहमती हुन नसक्ने अडान कायम गरेका थिए ।

लोकतान्त्रिक विधिबाट आफू अघि बढ्ने धोेषणा गरेका पनेरुले अन्ततः निर्वाचनमार्फत आम प्रतिनिधि तथा मतदाताको मन जित्न सफल बनेका छन् उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले ३८० मत प्राप्त गरेका छन् भने खत्रीले ३४३ मत प्राप्त गरेका छन् ।

उपसभापतिका अन्य उम्मेद्वारहरु सन्दिप ओलीले १२६ मत तथा राजु अधिकारीले ५७ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिवमा मनोज घिमिरे र मुुकेश लिम्बू निर्वाचित भएका छन् । घिमिरे ३२७ मत तथा लिम्बूले २६८ मत प्राप्त गरेका छन् । सचिवका अन्य उम्मेद्वारमा अशोक राईले १५७ तथा लक्ष्मी काफ्लेले १२५ मत प्राप्त गरेका छन् ।

सहसचिवतर्फ टिकाराम धमला र बिजय भट्टराई विजयी भएका छन् । धमलाले २९६ मत तथा भट्टराईले २१३ मत प्राप्त गरेका छन् । सहसचिवकै उम्मेद्वार लोकेन्द्र थपलियाले १७१ मत, चन्दन गौतमले १६८ मत तथा नवीन खतिवडाले १३५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । मेचीनगरमा काँग्रेस नगर समितिका कुल ४९९ मतदाता मध्ये ४९३ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्