News Portal

माओवादी केन्द्रले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

रातोपोस्ट संवाददाता
६०६ पटक

झापा, २४ असाेज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर वडा नम्बर- ६ ले शनिबार एक कार्यक्रकाबिच नेपालीहरुको महान पर्व बिजयी दशमी, दिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी पार्टीका झापा जिल्ला सचिवालय सदस्य आयुसाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विषेश अतिथि अखिल नेपाल यातायात मजदुर संघका केन्द्र सदस्य तथा झापा जिल्लाका अध्यक्ष हरि निराैलाकाे रहेकाे थियाे ।

कार्यक्रममा पार्टीका मेचीनगर संयाेजन सदस्य ज्ञानेन्द्र घिमिरे, राजु दाहाल लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन अविजित दवाडीकाे रहेकाे थियाे भने कार्यक्रमकाे अध्यक्षता ओम कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्