News Portal

दशैंको मुखमा सहाराले ल्यायाे वृद्धवृद्धा तथा एकल महिलाको मुहारमा खुशी

रातोपोस्ट संवाददाता
१०४४ पटक

मेचीनगर, २४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टा शाखाले दशैको मुखमा वृद्धवृद्धा तथा एकल पुरुषको मुहारमा खुशी छाउने गरी सामाजिक सुरक्षा भत्ता वापत १ लाख ६४ हजार रुपैयाँ वितरण गरेको छ । सहारा नेपालका सदस्य रहेका एकल महिला, एकल पुरुष, ज्येष्ठ नागरिक लगायत २१ जनाले सो भत्तावापत १ लाख ६४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

संस्थाका अनुगमन अधिकृत धनश्याम रायले आफ्नो संस्थामा आवद्ध सदस्यहरुको जीवन यापन सहज बनाउनका लागि विगतदेखि नै एकल महिला, जेष्ठ सदस्य र एकल पुरुषलाई भत्ता र मृतकका परिवारलाई राहत रकम वितरण गरिदै आएकाे बताए । नेपालीहरुकाे महान पर्वलाई लक्षित गरि एकल महिला, एकल पुरुष र जेष्ठ नागरिकहरुकाे मुहारमा खुसी साटेकाे अधिकृत रायले बताए । भत्ता वितरण कार्यक्रममा १९ जना एकल महिलालाई १ लाख ५२ हजार, १ जना जेष्ठ सदस्यले ६ हजार र १ जना एकल पुरुषले ६ हजार दिएकाे थियाे ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचिनगर- ६ का वडाअध्यक्ष ललित तामाङ, होटल व्यवसायी सघं मेचिनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, पुर्वी मेची बस व्यवसायी प्रा. लि. का अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । सहारा नेपालकी शेयर सदस्य मिरा कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहारा नेपाल काँकरभिट्टाका प्रमुख खेमराज पुरीले स्वागत गरेका थिए भने शेयर सदस्य ज्ञानेन्द्र घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्