News Portal

सुरक्षा गार्डमाथि गोली प्रहार गरी मोरङमा सिटिजन्स बैंक लुटियो

रातोपोस्ट संवाददाता
५३२ पटक

मोरङ, २५ असाेज । माेरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाट भएको छ । स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गार्डमाथि गोली चलाएर बैंकमा लुटपाट गरेको हो ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले लुटेरा समूहका एक जनालाई गोली लागेको समेत बताएका छन् । प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

उनले घटनास्थलमा भएकाले अन्य थप जानकारी भने केही समयपछि उपलब्ध गराउने बताए ।

प्रतिकृया दिनुहोस्