News Portal

तनहुँमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

रातोपोस्ट संवाददाता
७२२ पटक

तनहुँ, २६ असाेज । चितुवाको आक्रमणमा परी तनहुँमा पुनः एक बालिकाको मृत्यु भएको छ। बन्दिपुर गाउँपालिका ५ बाहुन भञ्ज्याङ घर भएकी ९ वर्षीया बालिका स्वीकृति थापा मगरको चितवनको आक्रमणबाट मृत्यु भएको हो।

सोमबार साँझ बालिकालाई घरमै बसिरहेको बेला चितुवाले आक्रमण गरेको बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए। तनहुँमा पटकपटक चितुवाले बालबालिकाहरुलाई आक्रमण गर्दै आएको छ। चितुवाको आक्रमणमा परेर धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन्।

सोमाबार साँझ स्वीकृतिलाई अचानक चितुवाले आक्रमण गरी सडकबाट तल जंगलमा लगेको थियो। पछि खोज्दै जाँदा बालिकालाई मृत अवस्थामा फेला पारिएको अभिभावले जनाएका छन्।

प्रतिकृया दिनुहोस्