News Portal

पत्रकार सन्तोष आचार्यकाे ‘रिडर्स गफ’ सार्वजनिक

रातोपोस्ट संवाददाता
६२७ पटक

झापा, २६ असाेज । पत्रकार सन्तोष आचार्यद्वारा लिखित ‘रिडर्स गफ’ पुस्तक सार्वजनिक भएको छ । मिडिया रिसर्च सेन्टरद्वारा शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाकाे सभाहलमा आज एक कार्यक्रमका बिच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

झापाका अग्रज प्रगतिशील साहित्यकार पुन्यप्रसाद खरेल र लेखक तथा पत्रकार उज्वल प्रसाईले संयुक्त रुपमा उक्त पुस्तक बिमोचन गरेका हुन् । मिडिया रिसर्च सेन्टरका अध्यक्ष तीर्थ सिग्देलकाे अध्यक्षतामा भएको बिमाेचन समारोहमा साहित्यकार लीला अनमाेल, भाषा सम्पादक जनार्दन दाहाल, लेखक तथा पत्रकार कुमार भट्टराई लगायतले बाेलेका थिए।

कार्यक्रममा लेखक दिपीन राई, लोकतन्त्र दैनिकका सम्पादक मोहन काजी, विवेचना दैनिकका सम्पादक सुब्रत न्यौपाने, कान्तिपुर दैनिकका पर्वत पोर्तेल, शैलेश दाहाल, प्रदीप परियार, उद्धव पुरी, नविन ढकाल, ग्रिष्मा सापकोटा, हरि तिमसिना, दिलिप थापा, विनय कार्की, गगन ढकाल, हेम लम्साल, गोविन्द पोखरेल, रमेश तिवारी, धर्मानन्द खनाल, दामोदर ढुङ्गेल लगायत पत्रकार तथा साहित्यकारको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्