News Portal

साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

रातोपोस्ट संवाददाता
४०७ पटक

काठमाडौ, ३० असाेज । १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दै छ। माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।

भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो। भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुलेको छ। नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित सात अंक प्राप्त गरेको छ।

भारत पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो भने श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। नेपाललाई १–० ले र आयोजक तथा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत फाइनल पुगेको हो।

प्रतिकृया दिनुहोस्