News Portal

बिभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश

रातोपोस्ट संवाददाता
८७२ पटक

झापा, २ कार्तिक । बिगतकेही समयदेखि झापा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिभिन्न पार्टी परित्याग गरी पार्टि प्रवेश कार्यक्रम तिब्र बन्दै छ। सोही क्रममा हिजो (साेमबार) हल्दिबारी गाउँपालिका वडा- २ जीवन बस्तीबाट पुर्ब जनप्रतिनिधिहरु पार्टी प्रवेश गरेका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी- २ समितिले साेमबार राखेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन ।

यसरी पार्टीमा प्रवेश गर्नेमा पुर्ब जनप्रतिनिधि तथा सदभावना पार्टिका जिल्ला सदस्य खड्कसिँह राजवंशी ( पुर्ब जिविस सदस्य झापा), तालिक राजवंशी ( साबिक हल्दिबारी गाविस सदस्य) नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

नव प्रवेशी कार्यकर्तालाई झापा क्षेत्र नं – ३ का संघीय सांसद तथा राप्रपा नेता राजेन्द्र लिङदेनले टिकाई लगाइ सदस्यता प्रदान गरेका थिए ।

राप्रपामा यस अघि पनि विभिन्न पार्टि परित्याग गरि राप्रपामा प्रबेशकाे लहर चलेकाे छ ।

प्रतिकृया दिनुहोस्