News Portal

  • २४ घण्टामा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु

    रातोपोस्ट संवाददाता
    ५०७ पटक

    काठमाडौं, २ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ९१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १४० जनाको पिअिसार परीक्षण गर्दा ९५७ र एक हजार ७७६ जनाको एन्टीजेन परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर १ हजार ४ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ।

    देशभर ११ हजार ८१५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख ६३ हजार २६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)