रातोपोस्ट संवाददाता
झापा, ६ कार्तिक । नेकपा एमालेको मेचीनगर- ४ काे वडा अध्यक्षमा तिर्थराज नेपाल चुनिएका छन् । शनिबार भएको दाेस्राे वडा सम्मेलनले नेपालकाे नेतृत्वमा ३१ सदस्यीय वडा समिति गठन गरेको हो ।
जसकाे उपाध्यक्षमा नीता थापा, सचिवमा बेग सुनुवार, उपसचिवमा पवन विक र प्रकाश पाण्डे चयन भएका छन् । पार्टीका जिल्ला सदस्य सन्ताेस आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा अध्यक्षता भने प्रविन भण्डारीले गरेका थिए ।
लुसन तिवारीले सञ्चालन गरेकाे उक्त कार्यक्रमको स्वागत मन्तव्य अर्जुन कार्कीले गरेका थिए ।