News Portal

वाईसिएल शिवसताक्षी ९ को अध्यक्षमा ढकाल

रातोपोस्ट संवाददाता
५८१ पटक

झापा, ६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकटको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको शिवसताक्षी नगरपालिका वाड- ९ को सम्मेलन सम्पन्न भएको छ । सम्पन्न वाईसिएल वाड- ९ को सम्मेलनले प्रकाश ढकालको संयोजकत्वमा २९ सदस्य तदर्थ समिति गठन भएको छ भने समितिको सहसंयोजकमा पुजन काबङ रहेका छन ।

समितिका सदस्यमा बलराम राई, सुनिल प्रधान, अमित चौधरी, सन्दिप लिङदेन, आयुस बजगाई, समीर मगर, जलन कामम्बाङ सुरेन्द्र काम्बाङ, कृसल पाठक, किरण पाठक, सहिल लिम्बू ,सेसेहाङ योङ्हा, आयुस दर्नाल, फोकब्वाहाङ लिम्बू , आशिक माझी, कुमार माझी, नवीन राजवंशी, तारा शिवा लगायत छ्न् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भट्टराई, वाइसिएल जिल्ला सदस्य भुवन राई, नगर उपाध्यक्ष जिएन नेयोङ, माओवादी केन्द्रका वाड अध्यक्ष भरत नवीन राइ, अखिल क्रान्तिकारी नगर अध्यक्ष बिरेन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्