News Portal

नेकपा एस मेचीनगरद्धारा किसानलाई क्षतिपुर्ति दिन माग

रातोपोस्ट संवाददाता
२८९ पटक

झापा, ७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मेचीनगरले केही दिनअघि बर्षाका कारण धानबालीमा भएको क्षतिको तत्काल क्षतिपुर्तिको ब्यवस्था गर्न मेचीनगर नगरपालिका समक्ष माग गरेको छ । नेकपा एस मेचीनगरका अध्यक्ष अर्जुन पौडेल र सचिव हरि तिम्सिनाले संयुक्त रुपमा हस्ताक्षर गरेको ४ बुंदे ध्यानाकर्षण पत्र नगरप्रमुख बिमल आचार्यलाई बुझाउँदै धानबाली र पशु चौपायामा भएको क्षति तत्काल किसानलाई उपलब्ध गराउन माग गरेको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अबिरल बर्षाका कारण भएको धनजन र धानबालीमा भएको क्षति यकिन गरी तुरुन्त क्षतिपुर्तिको ब्यवस्था गरियोस ।’ नेकपा एसले ध्यानाकर्षण पत्रमार्फत किसानले पालेका पशु चौपायाको बिमा गरिदिन समेत नगरपालिकासंग माग गरिएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कृषि बाली तथा चौपायाहरुको निशुल्क बिमाको ब्यवस्था गरि कृषिपशु प्राविधिकहरुको सेवालाई सहज बनाइयोस ।’

नेकपा एसका केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज अषेश घिमिरे, नेता शंकर थापा समेतको उपस्थितिमा नगरप्रमुखको कार्यकक्षमा पुगेर बुझाइएको ध्यानाकर्षण पत्रमार्फत किसानले पाउनु पर्ने मदखाद, बीउ बिजन लगायतका सामाग्रीका लागि प्रशासनिक झन्झटलाई सहजीकरण गरी सहज उपलब्ध गराउन समेत माग गरिएको छ । त्यस्तै, नगरका बजार क्षेत्रबाट संकलित फोहोरलाई नदिहरुमा फाल्ने गरेका कारण नदि क्षेत्रहरु दुशित हुँदै गएको र त्यसले पर्यावरणमा समेत नकरात्मक असर पार्ने भएकोले त्यसको ब्यवस्थापनका लागि ब्यवस्थित डम्पिङ साइडको ब्यवस्था गर्न समेत नेकपा एसले माग गरेको मेचीनगर अध्यक्ष पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्