News Portal

पाँचथर दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

रातोपोस्ट संवाददाता
२९१ पटक

झापा, ८ कार्तिक । पूर्वी पहाडी जिल्ला पाँचथरमा भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा मोरङ लेटाङका ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीय प्रमिला देवान र उनका ७ महिनाका छोरा निश्चल देवान रहेका छन्। एक महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी प्रमुख डिएसपी धनबहादुर थापाले जानकारी दिए ।
१२ जना घाइतेलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ । ७ वर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, इलाम बस्ने ३४ बर्षीया प्रमिला देवानको जिल्ला अस्पताल र उनका ७ महिने छोरा निश्चल देवान र पहिचान हुन नसकेकी महिलाको समर्पित अस्पताल पाँचथरमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्