News Portal

  • एमालेले लक्ष्मी तामाङलाई ‘धोकेवाज’ भनेको प्रति घेदुङको कडा निन्दा

    रातोपोस्ट संवाददाता
    १८७ पटक

    झापा, १७ कार्तिक । नेकपा एमाले मेचीनगर कमिटीको हालै सम्पन्न अधिवेशनमा प्रतिवेदन पेशका क्रममा नगर अध्यक्ष राजु पोख्रेलले एकीकृत समाजवादीकी नेतृ तथा जनप्रतिनिधि लक्ष्मी तामाङ (थिङ) प्रति पूर्वाग्रही ढंगवाट ‘धोकेवाज’ को आरोप लगाएको प्रति नेपाल तामाङ घेदुङले कडा शव्दमा निन्दा गरेको छ।

    अध्यक्ष पोख्रेलले प्रतिवेदनमा मेचीनगर कार्यपालिका सदस्य तामाङलाई धोकेबाज भनिएको खवर केही संचारमाध्यममार्फत वाहिरिएको थियो । घेदुङद्धारा जारी विज्ञप्तीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बमोजिम प्रत्येक नागरिकलाई पार्टी परिवर्तन गर्न पाउने नैसर्गिक अधिकार रहेको उल्लेख गर्दै त्यही क्रममा तामाङले एमाले छाडेर एकीकृत समाजवादी रोजेको जनाइएको छ । ‘नेकपा एमाले आफ्नो कारण फुट्यो, फुट्ने क्रममा कोही नेकपा एमाले नै रहे भने कोहीले नेकपा एकिकृत सामाजवादी रोजे’, विज्ञप्तिमा भनिएको छ,‘यो व्यक्तिको निजी अधिकार हो ।’

    उपाध्यक्ष रामवहादुर वाइवाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ सिंगो नेकपा एमाले मेचीनगर कमिटीलाई प्रश्न छ, लक्ष्मी तामाङ मात्र हो त पार्टी परिवर्तन गर्ने ?’ नेकपा एकिकृत समाजवादी रोज्ने अरु कसैको नाम उल्लेख नगरी केवल लक्ष्मी तामाङलाई मात्र धोकेबाज र मिडियामा पनि तामाङ धोकेवाज भन्ने शीर्षक उल्लेख हुनुमा संयोग मात्र हो त ? भनि विज्ञप्तिमा प्रति प्रश्न गरिएको छ । यो देशको तामाङ समुदायलाई तपाईहरुको हेर्ने दृष्टिकोण के हो ? आदिवासी जनजाती समुदाय प्रतिको नीति के हो ? भन्दै एमालेको दृष्टि र नीति सार्वजनिक गर्न पनि माग गरिएको छ ।

    प्रतिकृया दिनुहोस्