News Portal

न्यूजील्याण्डमा इच्छा मृत्युसम्बन्धि कानुन लागु

रातोपोस्ट संवाददाता
५५६ पटक

काठमाडौँ, २२ कार्तिक । न्यूजील्याण्डमा आइतबारदेखि इच्छा मृत्यु सम्बन्धि कानुन लागु भएको छ । कह इस्मयअघि भएको जनमत संग्रहमा इच्छा मृत्युसम्बन्धि कानुनको पक्षमा ६५ प्रतिशत मत परेपछि यो कानुन आजदेखि लागु भएको हो ।

लामो समयदेखि यस मुद्दाले न्यूजील्याण्डमा बहसको विषय बनाए पछि यसलाई जनमतसंग्रहबाट टुंगाइएको थियो । यस विषयमा न्युजील्याण्डकी प्रधानमन्त्री जेसिंडा आर्डनको समेत समर्थन रहेको थियो । इच्छा मृत्युका लागि ६ महिना भित्र मृत्यु हुने किसिमका रोग लागेका विरामीले दुइ डाक्टरको सिफारिस लिएमा इच्छा मृत्युवरण गर्न सकिने यस कानुनमा उल्लेख गरिएको छ ।

यो सँगै न्युजील्याण्ड इच्छा मृत्युसम्बन्धि कानुन बनाउने सिमित देशहरुमा सामेल भएको छ । फरक फरक शर्तहरुसहित अहिले स्वीट्जरल्याण्ड, नेदरल्याण्डस्, स्पेन, बेल्जियम, लक्जम्बर्ग, क्यानाडा, अस्ट्रेलिया र कोलम्बियालगायतका देशहरुमा इच्छा मृत्युसम्बन्धि कानुन लागु गरिएको छ ।

प्रतिकृया दिनुहोस्