News Portal

अपराधमा संलग्न दोषीलाई कारवाही गर्न : राप्रपा मेचीनगरकाे माग

रातोपोस्ट संवाददाता
१०८० पटक

झापा, २६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिले पार्टीका सदस्य गोविन बुढाथोकीमाथि भएको आक्रमणको भत्र्सना गरेको छ । पार्टी नगर अध्यक्ष सविना बजगाईंले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी दोषिमाथि कडा भन्दा कडा कारवाहीको माग गरेकी हुन् ।

पार्टीले घटनामा संलग्न दोषिलाई हदैसम्मको सजायको माग गर्दै यस्ता अवाञ्छित तथा अमानवीय गतिविधिको विरोध गरेको छ । मेचीनगर-७ बस्ने बुढाथोकीमाथि धारिलो हतियार प्रहार गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

गत कात्तिक २४ गते मध्य रातमा बुढाथोकीमाथि घरैमा आक्रमण गर्ने सोही स्थानका कमला राई, नविन राई, सविन राई र सनम राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । उनीहरु विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अपराध ऐन अन्तर्गत कारवाही अघि बढाएको छ । धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका बुढाथोकीको विर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचार भइरहेको पार्टी नगर अध्यक्ष सविना बजगाईंले बताइन् ।

प्रतिकृया दिनुहोस्