News Portal

राष्ट्रिय युवा संघ मेचीनगरकाे भाेलि हुने अधिवेशनकाे तयारी पुरा

रातोपोस्ट संवाददाता
८१७ पटक

झापा, २७ कार्तिक । एमाले पार्टिको भ्रातृ संगठन राष्ट्रिय युवा संघ मेचीनगरकाे भाेलि हुने प्रथम नगर अधिवेशनकाे उदघाटन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएकाे छ । झापाकाे मेचीनर- ६ स्थित काँकरभिट्टा खानेपानीकाे सभा हलमा हुने उदघाटन कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे राष्ट्रिय युवा संघ मेचीनगरका सहसंयोजक मानबहादुर तामाङले बताए ।

न्याय प्रेमी युवाहरु, युवा संघमा, सामाजिक परिवर्तन युवाकाे काधमा भन्ने नाराकाे साथमा प्रथम नगर अधिबेशनकाे हुने भएकाे छ ।

खानेपानीकाे सभा हलमा हुने अधिवेशनलाई राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष किरण पाैडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय युवा संघ मेचीनगरका सहसंयाेजक तामाङले जानकारी दिएका छन । भोलि विहान १०:३० बजेदेखि हुने अधिवेशनमा राष्ट्रिय युवा संघका वडाका पदाधिकारीहरु र नगरका सदस्य गरि २ सय कार्यकर्ताकाे सहभागिता हुनेछ ।

प्रतिकृया दिनुहोस्