News Portal

इलामबाट विप्लवका दुई कार्यकर्ता पक्राउ, सेक्रेटरी सशस्त्र प्रहरीको घेरामा

रातोपोस्ट संवाददाता
७२३ पटक

इलाम, ३० कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै आज बन्दको आह्वान गरेको छ । आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई इलाममा प्रहरीले पक्रेको छ ।

आज बिहान इलामबाट विप्लव नेकपाका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम बजारबाट अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य बिनोद मगर र बिद्यार्थीका इलामका उपाध्यक्ष मगेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपाले आह्ववान गरेको नेपाल बन्दको प्रभाव इलामामा बिहानैदेखि परेको छ । सडक र बजार सुनसान रहेकाे छ ।

इलाम सदरमुकामको मुख्य बजार ठप्प छ भने मेची राजमार्ग अन्तर्गत इलाम खण्डमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन । प्रहरीले स्कर्टिङ्ग गरेर गन्तव्यमा पुर्याइ दिन्छौं भनेर आश्वासन दिंदा समेत सवारी साधन चलाउन मानेकाे नेकपाका एक नेताले बताएका छन । अहिलेसम्म बन्द शान्तिपुर्णरुपमा नै रहेको वन्दलाई अवज्ञा गरिए ससक्त प्रतिरोध गरिने युवानेता बिद्रोहिले बताएका छन ।

त्यस्तै, बन्दमा सडकमा निस्किएका नेकपा इलामका जिल्ला सेक्रेटरी मौसमलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेकाे छ । उनलाइ नियन्त्रणमा लिएर सडकमै राखेको इलामाका इन्चार्ज सुमनसिंहले बताइका छन । प्रहरीले बिद्यार्थीलाई लखेट्दा एकजना बिधार्थी र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सामन्य घाइते समेत भएकाे सुमनसिंहले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्