News Portal

टी-ट्वान्टी क्रिकेट : राष्ट्रिय महिला क्रिकेट टिम र कतारको खेल आज

रातोपोस्ट संवाददाता
९२९ पटक

काठमाडौँ, ३० कार्तिक । टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आज नेपाल र कतार आमनेसामने हुँदैछन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको यो पहिलो अन्तराष्ट्रिय टी-ट्वान्टी प्रतियोगिता हो । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्न लागेको हो । सिरिज अन्तर्गत कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्।

प्रतिकृया दिनुहोस्