News Portal

कर्णालीमा थपिए १ मन्त्री, एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीले लिए शपथ

रातोपोस्ट संवाददाता
८६९ पटक

सुर्खेत, ३० कार्तिक । सरकार गठन गरेको १५ दिनपछि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद्‌मा १ जना सदस्य (मन्त्री) थपेका छन्। कर्णाली सरकारमा नेकपा एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही मन्त्री नियुक्त भएका छन्।

मुगु १ (क)बाट निर्वाचित शाहीले मंगलबार साँझ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा शपथ लिएका छन्। मन्त्री शाहीले मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। शुरुमा शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले मंगलबार शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरिएको भनेर प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएको थियो। तर, शाहीले भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रोजेका हुन्। पछि उनकै रोजाइ अनुसारको मन्त्रालयको जिम्मेवारी दिएर शपथ गराइएको हो।

प्रतिकृया दिनुहोस्