News Portal

  • माओवादी केन्द्र मेचीनगर –६ को अध्यक्षमा गिरी

    रातोपोस्ट संवाददाता
    १७९ पटक

    झापा, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) मेचीनगर –६ को अध्यक्षमा मानबहादुर गिरी (धुर्व ) चयन भएका छन् । आईतवार मेची बस ब्यवसायी संघकाे हलमा भएको वडा अधिवेशनबाट गिरी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा रघु खनाल चयन भएका छन् ।

    यस्तै, सचिवमा खडकमान गुरुङ, कोषाध्यक्षमा राेमा थापा मगर, सहसचिवमा मनिका बस्नेत सर्वसम्मत चयन भएको निवार्चन संयाेजक हरि निराैलाले जानकारी दिए । वडा कमिटी २९ सदस्यीय रहेको छ । यसअघि वडा अधिवेशनको प्रमुख अतिथि माओवादी केन्द्रका प्रदेश सदस्य तथा जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारी ( संजोक) ले ब्यानर पढेर वडा अधिवेशनकाे समुद्घाटन गरेका थिए ।

    कार्यक्रममा नगर संयाेजक पुष्प गुरागाईंकाे विषेश अतिथि रहेकाे थियाे भने पार्टीका नेताहरु जिल्ला सदस्य आयुशा, माधव अर्याल, नरेन्द्र मेचे, नगर सदस्यहरु ज्ञानेन्द्र घिमिरे, राजु दाहाल, राजन चिमरिया, विकास थापा मगर, वाइसीयलका मेचीनगर सचिव राजु निराैला, प्रेस सेन्टर झापा सदस्य दिलीप थापा लगायतको आतिथ्यता रहेको थियो ।

    शनिबार मात्र माओवादी केन्द्रले एकसाथ मेचीनगरका वडा नं. ७, १०, ११, १२ र १५ मा अधिवेशन सम्पन्न गरेकाे थियाे । उद्घाटन सत्र मानबहादुर गिरिले संचालन गरेकाे कार्यक्रमकाे अध्यक्षता हर्कमाया बस्नेतले गरेकी थिइन । कार्यक्रममा स्वागत मन्तव्य मात्रिका बजंगाईंले गरेका थिए । कार्यक्रममा एमाले पार्टी परित्याग गरि २४ जना कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस्