News Portal

एमालेमा ल्याङल्याङ अन्त्य भयो, माधव नेपाल ‘गुट’लाई पार्टी मान्न सकिएन : ओली

रातोपोस्ट संवाददाता
३८१ पटक

काठमाडौं, ७ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको माधव नेपाल पक्षले छाडेर एमाले भित्रको ‘ल्याङल्याङ’ अन्त्य भएको बताएका छन् । मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले एमालेबाट ‘केही चोइटिएर गएको भएपनि महाधिवेशनले एमाले एकजुट छ’ भन्ने सन्देश दिने बताए । उनले आगामी चुनावमा एमालेले बहुमत ल्याउने पनि बताए ।

एमालेभित्रको ल्याङल्याङ अन्त्य भो । केही मानिस चोइटिए । एमाले एकजुट छ भन्ने सन्देश दिन महाधिवेशन । अब आउने चुनावबाट एमालेलाई बहुमत आउने हो । त्यही भएकाले सरकारमा नभएको हो । विधान महाधिवेशनबाट पारित नीतिमाथि कुनै विरोध बौद्धिक जगतबाट आएन खुसीको कुरो हो,” उनले भने ।

उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसिकएको पनि बताए । “देशको अहितमा काम गरेकाले साउन २५ गते माकुने बाहेकका नेतालाई कारबाही गरिएको छ । सरकारले पार्टी फुटाउन २० प्रतिशतको व्यवस्थाबारे बुद्धिजीवीको विरोध भएन । माधव नेपाल र निस्कासित व्यक्तिहरूको गुटलाई पार्टी मान्न सकिएन,” ओलीले भने ।

प्रतिकृया दिनुहोस्