News Portal

नेपाली काँग्रेस झापामा कट्टेल प्यानलका उम्मेदवारको नाम सार्वजनिक

रातोपोस्ट संवाददाता
४३५ पटक

झापा, ८ मंसिर । नेपाली काँग्रेस झापाको सभापति पदका उम्मेदवार रामबहादुर कट्टेल समूहका पदाधिकारीका उम्मेद्वारहरुको टुङ्गो लागेको छ । कट्टेल समूहबाट उपसभापति पदमा केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेदवार हुने निश्चित भएको राम कट्टेल जिताऔँ अभियान सचिवालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

त्यस्तै, सचिवमा विश्वदीप लिङदेन र टोम राजवंशी कट्टेल समूहबाट उम्मेदवार हुने भएका छन् । त्यसैगरी उक्त समूहबाट सहसचिवमा उमाराम प्रसाईँ र पदम लिम्बु उम्मेदवार हुने निश्चित भएको सचिवालयका संयोजक पुष्पराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि भोलि उम्मेदवारी दर्ता र मङ्सिर १० गते मतदान हुँदैछ । जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरूले मतदान गर्ने छन् ।

प्रतिकृया दिनुहोस्