News Portal

झापा बुद्धशान्तिका युवक एक महिनादेखि बेपत्ता

रातोपोस्ट संवाददाता
४८३ पटक

झापा, ९ मंसिर । जिल्लाको बुद्धशान्ति गाउँपालिका- १ स्थित बुधबारेका २८ वर्षीय प्रवीण मगर एक महिनादेखि बेपत्ता भएका छन् । मजदुरी गर्न गत कार्तिक ७ गते रामेछाप पुगेका उनी त्यसको भोलि कार्तिक ८ देखि बेपत्ता भएको परिवारले जनाएको छ । रामेछापको उमकुन्द गाउँपालिका २ पुगेका उनी त्यहाँ पुगेको भोलि पल्टदेखि बेपत्ता भएका उनकी आमा पद्मा समाल मगरले जानकारी दिइन् ।

साथीहरूसँग काम गर्ने भनेर मगर रामेछाप गएका थिए । उनकी आमाले छोराको खोजी गरिदिन सबैसँग अनुरोध गरेकी छन् । उनी छोरा हराएका दिनदेखि छोरा आउने पर्खाइमा गहभरि आँसु बोकेर बसेकी छन् । उनले छोराको बारे केही जानकारी भए आफ्नो मोबाइल नम्बर ९८२४९४४५२५ मा वा प्रहरीमा खबर गरिदिन अनुरोध गरेकी छन् ।

प्रतिकृया दिनुहोस्