News Portal

एमाले महाधिवेशन : झापाका कार्यकर्ता चितवन जादैं

रातोपोस्ट संवाददाता
५३२ पटक

झापा, ९ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणी किनारमा सुरू हुँदैछ । आइतबारसम्म चल्ने महाधिवेशनको पहिलाे दिन शुक्रबार उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता चितवन उर्ताने एमालेको दाबी छ ।

उद्घाटन सत्रमा झापाबाट हजाराैं कार्यकर्ता चितवन जाने भएका छन् । जिल्लाका गाउँगाउँबाट हजाराैं कार्यकर्ता चितवन लैजाने तयारी रहेको नेकपा एमाले झापाका जिल्ला सदस्य सन्ताेश आचार्यले बताए । ‘सबै पालिकाका र वडाबाट कार्यकर्ता महाधिवेशनमा जाने गरी व्यवस्थापन गरेकाे उनले बताए ।

झापाका सबै पालिका र वडा मध्यबाट मेचीनगरदेखि धेरै कार्यकर्ता चितवन जानेछन्’ उनले भने, ‘त्यसैगरी दमक नगरपालिकाबाट पनि राम्रै उपस्थिति हुनेछ।’ पार्टीको पहिचान झल्काउँदै झापाका एमालेजन चितवन महाधिवेशनमा जाने उनकाे दाबी छ । महाधिवेशनमा झापाका ४९ जना नेता प्रतिनिधिका रुपमा सहभागि हुनेछन् ।

प्रतिकृया दिनुहोस्