News Portal

बिहीबार ३०८ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

रातोपोस्ट संवाददाता
३०३ पटक

काठमाडौ‌, ९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १०४ जनाको पीसीआर परीक्षणमा २८१ र १ हजार ८०५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २९८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्