News Portal

माओवादी केन्द्र शिवसताक्षीकाे अध्यक्षमा भट्टराई

रातोपोस्ट संवाददाता
४२७ पटक

झापा, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवसताक्षीको अध्यक्षमा महेन्द्र भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार शिवसताक्षीको दूधेमा भएको प्रथम नगर अधिवेशनबाट भट्टराई सर्वसम्मत चयन भएका हुन् ।

नगर अधिवेशनबाट उपाध्यक्षमा प्रेम एम्फु राई, कचली ताजपुरिया र गणेश बजगाई चयन भएका छन् । त्यसैगरी, सहसचिवमा भुवन राई सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ६२ जना नगर सदस्य सर्वसम्मत चयन गरेको छ ।

सचिवमा तीन जना आकांक्षी देखिएपछि सर्वसम्मत सकेन । जसको आकांक्षी भरत नविन राई, संजय राई र राजु दर्नाल रहेका छन् । अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले भचुर्गल मार्फत उद्घाटन गरेका थिए । अध्यक्ष प्रचण्डले देश भरका सबै पालिकाहरुमा भर्चुगल मार्फत अधिवेशनको उद्घाटन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्