News Portal

पछिल्लो २४ घण्टामा थपिए २५९ कोरोना संक्रमित, १ को मृत्यु

रातोपोस्ट संवाददाता
३०२ पटक

काठमाडौं, १३ मंसिर । पछिल्लो चौबीस घण्टामा देशभर २५९ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ८८८ वटा नमुनाको परीक्षण गर्दा २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा एक जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ ।

आज २६४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्