News Portal

माओवादी केन्द्रको बिर्तामोड नगर अधिवेशन हुँदै

रातोपोस्ट संवाददाता
४१३ पटक

झापा, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बिर्तामोड नगरको अधिवेशन बिर्तामोडमा शुरु भएको छ । पार्टीका बिर्तामोड नगर इन्चार्ज युवराज दाहालको अध्यक्षतामा भइरहेको नगरको दोस्रो अधिवेशनमा प्रतिनिधिसभा सदस्य, पार्टी प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको छ ।

झापाका अन्य पालिका भन्दा बिर्तामोड नगरको अधिवेशनलाई भने पार्टीले प्राथमिकतामा राखेर अधिवेशनको तयारी गरेको छ । सवै राजनीति दलले पनि बिर्तामोड नगरलाई झापाका अन्य पालिका भन्दा फरक तथा प्राथमिताका राख्ने गरेका छन् ।

कार्यक्रमको विशेष अतिथि प्रदेशसभा सदस्य तथा पार्टी झापा सह–इन्चार्ज झलकसिंह दर्लामी (सन्देश), झापा संयोजक मणिकुमार साम्पाङ (विजयं) लगायतको रहेको छ । त्यस्तै, कार्यक्रममा पार्टीका प्रदेश सदस्य सीपी कडरिया, ज्योतिसिंह दर्लामी, लक्ष्मी न्यौपाने (सरु), भूपाल सापकोटा, राजु आचार्य (अग्नि), बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, नेपाली कांग्रेस नगर अध्यक्ष भोजराज सिटौला, पार्टी झापा कार्यालय सदस्य कुवेर श्रेष्ठ(अरुण), झापा सचिवालय सदस्य बासु दुलाललगायतको आतिथ्यता रहेको छ ।

स्वागत बिर्तामोड नगर कार्यालय सदस्य जेवी जवेगुले गरेको कार्यक्रमको सञ्चालन नगर संयोजक मोहन सुब्बाले गरेका थिए । अधिवेशनले नगरको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस्