News Portal

राष्ट्रपतिद्वारा संसद विघटन, निर्वाचनको घोषणा

रातोपोस्ट संवाददाता
९०७ पटक

पोर्चुगल, २० मंसिर । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् । उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ ।

सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ । संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन् । सरकारको बजेट पारित गर्नका लागि गत अक्टोबर २७ तारिखका दिन संसद्मा मतदान भएको थियो ।

प्रतिकृया दिनुहोस्