News Portal

नेपालमा थप २५४ जनामा संक्रमण पुष्टि, १ जना मृत्यु

रातोपोस्ट संवाददाता
६२५ पटक

काठमाडौं, २६ मंसिर । नेपालमा थप २५४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ८६८२ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २४२ र एन्टिजेन परीक्षणबाट १२ जना संक्रमित भेटिएका हुन्। त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप एक जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै सक्रिय संक्रमितको संख्या ५८९० रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्