News Portal

मोटरसाइकलकाे ठक्करबाट भारतीय नागरिकको मृत्यु

रातोपोस्ट संवाददाता
३५७ पटक

विराटनगर, २७ मंसिर । बूढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका एक जना भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ ।

प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए ।उनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–१ स्थित गंगा चोकमा ठक्कर दिँदा पैदल हिँडिरहेका पटेल गम्भीर घाइते भएका थिए ।

सडक पार गर्दै गरेको अवस्थामा उनलाई आइतबार राति ८ बजेतिर मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । पटेलको उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको जानकारी खड्काले दिएका छन् । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय अशोक अधिकारी सामान्य घाइते भएका छन् । अधिकारीको विराट शिक्षणमै उपचार भइरहेको छ । प्रहरीका अनुसार अधिकारीको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको छ ।

प्रतिकृया दिनुहोस्