News Portal

कांग्रेसको मतगणना अपडेट : १७ सय मत गन्दा देउवा शेखरभन्दा १८५ मतले अघि

रातोपोस्ट संवाददाता
३८४ पटक

काठमाण्डाै, २८ मंसिर । नेपाली कांग्रेस सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले सुरुवाती अवस्थादेखि नै अरु उम्मेदवारभन्दा अग्रस्थान कायम गरेका छन्। भर्खरै प्राप्त मतगणनाको परिणामअनुसार १७ सय खसेको मतमा देउवाले ८११, शेखर कोइरालाले ६२६ मत प्राप्त गरेका छन्। १७ सय मत गन्दा देउवा शेखरभन्दा १८५ मतले अघि छन्। यस्तै

विमलेन्द्र निधिले ९७, प्रकाशमान सिंहले १४१, कल्याण गुरुङले ६ मात्रै मत प्राप्त गरेका छन्। सोमबार राति सकिएको मतदानपछि मंगलबार बिहान ४ बजेदेखि मतगणना सुरु भएको हो। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पाँचजनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्।
पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ।

प्रतिकृया दिनुहोस्