News Portal

कांग्रेस सभापतिमा देउवालाई नै समर्थन गर्दै निधी

रातोपोस्ट संवाददाता
२९६ पटक

काठमाडौँ, २८ मंसिर । कांग्रेस सभापतिको पहिलो चरणबाट बाहिरिएका उपसभापति विमलेन्द्र निधीले शेरबहादुर देउवालाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा देउवा र नेता शेखर कोइराला प्रतिस्पर्धामा छन् । तर कोइरालालाई नेता प्रकाशमान सिंह र निधी दुबैले समर्थन नगर्ने भएका छन् । देउवाको विकल्प खोज्दै चुनावी मैदानमा उत्रिएका उनीहरूबीच अन्ततः एकमत नहुँदा कांग्रेसको नेतृत्व देउवामै पुग्ने लगभग निश्चित भएको छ ।

पहिलो चरणको चुनावमा ८२ मत नपुग्दा सभापति चुनिन सकेका थिएनन् । पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७०२, निधीले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका थिए ।

प्रतिकृया दिनुहोस्