News Portal

महामन्त्री शर्मा : कांग्रेसमा युवा आएसँगै रूपान्तरण सुरु भयाे

रातोपोस्ट संवाददाता
४६२ पटक

इलाम, २२ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रूपान्तरण सुरु भएको बताउनुभएको छ । आज बिहीवार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेसमा युवाको आगमन भएसँगै रूपान्तरण सुरु भएको बताउनुभएको हो । महामन्त्री शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताउनुभयो ।

उहाँले यो आन्तरिक अभ्यास भएकाले हार र जित नभएको बताउनुभयो । यस्तै महामन्त्री शर्माले अब कांग्रेस रूपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुनसमेत कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकाङ्क्षाको जित भएको बताउँदै निष्ठा, जिम्मेवारी, विनम्रता र संयमताका साथ काम गर्न सुझाव दिनुभयो ।

उहाँले आउँदाे चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बाउन सक्ने तागतको रूपमा बदल्न नेतृत्व लागेको जिल्ला र पालिकाबाट कार्यकर्ताले यत्तिकै साथ दिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले अबको दिन कांग्रेसलाई इलाममा पहिलो बनाउन सबैको साथ रहेको बताउँदै सबैले यो गुट त्यो गुट नभनी एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्