News Portal

  • ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु

    रातोपोस्ट संवाददाता
    ३३ पटक

    मोरङ, २८ पुस । मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ७ का २१ वर्षीय निश्चल बानियाँ रहेका छन् । उनी नेपाल दर्शन कलेजका विद्यार्थी हुन् । बानियाँले चलाएको प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

    ट्याक्टरको ठक्करबाट बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालक मोहन तामाङलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्