News Portal

नेपालमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
३०१ पटक

काठमाडौँ, ३० पुस। आज नेपालमा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३०६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १५ हजार ६ सय ५३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार ५ सय ६० जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्