News Portal

लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै

रातोपोस्ट संवाददाता
४८३ पटक

तेह्रथुम, १ माघ । पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायका मानिसहरूले आज कक्फेक्वा तङनाम अर्थात (माघे संक्रान्ती ) मनाइँदै छ ।कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पूर्वमा आज धूमधामका साथ लिम्बू जातिका मानिसहरूले मनाइरहेका छन् ।

चाँप,पैयुँ लगायतका वनस्पती फुलेपछी वसन्त सुरुको आगमनको संकेत गर्ने हुनाले लिम्बु समुदायको आज नयाँ सम्वतको रुपमा मनाइने येले तङवे अर्थात (नयाँ वर्ष ) काे रूपमा सुरुवातभएकाे मानिन्छ । यो दिनलाई लिम्बु समुदायले माछामासु भन्दा पनि कन्दमुल खाएर मनाउने प्रचलन रहँदै आएको आदिवासी जनजाती संघका कन्द्रीय अध्यक्ष टीआर सेनेहाङले बताए ।

तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पान्थर, ईलाम, झापा, मोरङ, सुनसरी, राजधानी लगायत विभिन्न मुलुकमा बसोबास गर्दै आएका लिम्बु जातिका मनिसहरूले कक्फेक्वा तङनाम अर्थात (माघे संक्रान्ती ) मनाइँदै आएकाे पाइएकाे छ ।

प्रतिकृया दिनुहोस्