News Portal

धुलाबारीमा बाल यौन दुराचार गरेको अभियोगमा एक पक्राउ

रातोपोस्ट संवाददाता
४२१ पटक

झापा, २ माघ । झापाकाे मेचीनगर नगरपालिमा बाल यौन दुराचार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- ९ दुर्गा टोलका ४० वर्षीय नरबहादुर कार्की रहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

कार्यालयका अनुसार कार्कीले १४ वर्षीया बालिकालाई बिहीबार राति बाल यौन दुराचार गरेको भन्ने खबर प्राप्त हुनासाथ कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । पक्राउ परेका कार्कीलाई आज म्याद थप गरिने कार्यालयले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्