News Portal

झापामा एकै दिन ७२ जना कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
५२५ पटक

झापा, २ माघ । तेस्रो लहरको सुरुवातसँगै तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएको झापामा एकै दिन ७२ जना संक्रमित भएका छन् । आइतबार एकै दिन त्यति धेरै सङ्ख्यामा संक्रमित भएका हुन् । मेची र कोटीहोम ल्याबमा ८५ जनालाई परीक्षण गर्दा ५१ जनालाई संक्रमण पुष्टि भएको थियो । त्यस्तै बाहिरको ल्याबबाट ९ र एन्टीजेन विधिबाट १२ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैबिच झापामा सातामा १९४ जना संक्रमित भएका छन् । गत आइतबार ९ जनामा संक्रमण पुष्टि भएको झापामा त्यसको भोलिपल्ट सोमबार ३४ , मङ्गलवार २५ , बुधवार १६, बिहीबार ३७ , शुक्रबार ५१ र शनिवार २२ जना संक्रमित भएको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्कले देखाएको छ । झापामा हाल १२७ महिला र १५५ पुरुष गरी २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्