News Portal

राप्रपामा प्रवेश गर्नेको लहर : कनकाईमा १ सय बढि युवा राप्रपामा प्रवेश

रातोपोस्ट संवाददाता
३०१ पटक

झापा, ४ माघ । कनकाई नगरपालिकामा विभिन्न पार्टीमा रहेका तथा स्वतन्त्र रुपमा रहेका १ सय २० जना युवाहरु राप्रपा नेपालमा प्रवेश गरेका छन । आज सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाई कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कनकाई नगरपालिका १ का लवकुमार पुरीको नेतृत्वमा ७० जना तथा अन्य क्षेत्रबाट समेत थप गरि १ सय २० जना युवा राप्रपामा प्रवेश गरेका हुन । नव पार्टी प्रवेशी युवा तथा प्रौढलगायातलाई राप्रपा नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार लिङदेनले पार्टी सदस्यता दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा वडानम्बर ३ का रेखा भण्डारी, पुनम राई, भेट्टान फुटबल खेलाडी अखिल गिरी, सन्तोस लिम्बु, वडानम्बर ४ का प्रवेश दर्जी, खतिमा खातुन, मनकुमार साउदेन, स्माइल आलम, वार्डनम्बर १ का विनोद गिरी, लवकुमार पुरी, रोषन वागदत्त, वार्डनम्बर २ का सुरेन्द्र अधिकारी लगायात रहेको राप्रपाका युवा नेता तथथा राप्रपा क्षेत्रिय सचिव दुर्गा भण्डारीले बताए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्रकुमार लिङदेनले देशमा अझैपनि राप्रपालाई भोट हाल्यो भने राजाको शासन आउँछ भनेर जनतामा डर त्रास देखाउने गरेको भन्दै अवका जनता भेडा बाख्रा नभएकोले आगामी चुनावमा राप्रपाको अवस्था धेरै राम्रो हुने बताए । अदालत, सरकार राजनिति सबैको अवस्था हेर्दा ज्यादै नाजुक रहेको भन्दै देशकै शासन व्यावस्था लिग बाहिर गएकोले राप्रपाबाट मात्रै देशको शासन व्यावस्था सहि अवस्थामा ल्याउन सक्ने तागत भएको उनले बताए ।

कार्यक्रममा राप्रपाकी केन्द्रिय सदस्य तारामाया राईले अबको केहि महिनामा आउन लागेको स्थानीय देखि सबै चुनावमा जुटन सबै नेता कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा पार्टीमात्रै नभएर राजासहितको शासन व्यावस्था र हिन्दु धर्मको स्थापना र आरक्षणमा जातिय नभएर बर्गिय आरक्षण्को व्यावस्था ल्याउनका लागि एक अभियान समेत भएको भन्दै यसै अभियानमा जुटन सबैलाई एकाकार हुन आव्हान समेत गरेका थिए । कार्यक्रममा राप्रपाका क्षेत्रनम्बर ४ का क्षेत्रिय अध्यक्ष नारायणप्रसाद पोखरेलले राप्रपा पार्टी देशकै एक उत्कृष्ट पार्टी बन्नबाट अव कसैले नरोक्ने भन्दै चुनावबाटै यसको उत्तर अन्य पार्टीलाई दिने बताए । कार्यक्रममा राप्रपाका कनकाई नगर अध्यक्ष ज्योतीकुमार उप्रेती लगायातले बाेलेका थिए ।

प्रतिकृया दिनुहोस्